काठमाडौं : एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो।
बैंकले विभिन्न स्थानमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ। बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्य सञ्चालन गरेको छ। यो कार्यक्रमबाट तीन हजार भन्दा बढी प्रत्यक्षरूपमा लाभान्वित भएको बैंकले जनाएको छ।
देशभर एनएमबि बैंकका २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टर छन्।
प्रतिक्रिया दिनुहोस्






















