सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।
जसपाका अशोक राई, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शदतसिंह भण्डारी, एमाले महासचिव शंकर पोखरेल सहभागी छन् ।
सरकारले सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयपछि सरकारको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























