images
images
  • आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अदालत जाँदै कुलमान

    नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएका छन्।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। तर कुलमान स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने तयारी गरेका छन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए। उनले कुलमानलाई हटाउन तीनचोटि त स्पष्टीकरण नै सोधेका थिए। तर कुलमानले औपचारिक रुपमा नै आफ्ना धारणा र स्पष्टीकरणमार्फत बचाउ गर्दै आएका छन्।

    मन्त्री खड्काले पछिल्लोपटक मन्त्रिपरिषद्मार्फत कुलमानसँग स्पष्टीकरण मागेका थिए। सोहीअनुसार आज उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images