images
images
  • भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको प्रहरीको निष्कर्ष

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आइतबार बिहान ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिए । उनी खोटाङको कोपिलासगढी गाउँपालिकाका निवासी हुन् ।

    हाल बोडेमा आफ्ना छोरासँग बस्दै थिए । बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे भएर उनी लडेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा राईको हत्या भएको पत्ता लागेको छ ।

    उनको टाउको र दाहिने कानको छेउमा चोट लागेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आशङ्कामा केही व्यक्तिहरूलाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरीको भनाइ छ । सीसीटिभी अभावका कारण अनुसन्धानमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images