महोत्तरीमा शिवशंकर महतोको वीभत्स हत्या भएको घटनामा उनकी श्रीमती सिर्जना महतो पक्राउ परेकी छन् ।
गत शुक्रबार गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा मृतकको जलाइएको शव फेला परेको थियो ।
प्रहरीका अनुसार मृतकको टाउकोमा खुकुरी प्रहार गरिएको र अनुहार जलाइएको थियो । सिर्जना घटनामा संलग्न भएकी हुनसक्ने प्रहरीको अनुमान छ । अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्























