images
images
  • सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं : सानिमा बैंकले ‘ग्लोबल मनी विक २०२५’ अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    सातै प्रदेशमा रहेका बैंक शाखामार्फत यो वर्षका लागि तय गरिएको ‘थिंक विफोर यू फलो, वाइज मनी टुमारो’ नारा लाई टेवा पुर्‍याउने गरी विभिन्न स्कुल तथा कलेजमा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ।

    बैंकले विगतका वर्षदेखि देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखामार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालय र १२६ एटीएम सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images