images
images
  • देउवाले भने– ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्, राप्रपाको सभापति बनाए हुन्छ 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक  नभएको टिप्पणी गरेका छन् । 

    आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वराजा शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बनाउन सुझाव दिएका हुन् ।  

    उनले भने,’यसरी हो भने राप्रपा पनि पछुताउँछ । राप्रपाले सभापति बनाए हुन्छ । पार्टी खोलेर राजनीति गरे भइहाल्यो नि । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन् ।’

    उनले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने  बताए ।  

    प्रतिक्रिया दिनुहोस्
    images
    images