images
images
  • ससुराली हिँडेका एक युवकको हत्या 

    ससुराली हिँडेका धनुषाका एक युवकको हत्या भएको छ । धनुषाका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । 

    उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाक नजिक फेला परेको प्रहरीले जनाएको छ । हत्या भएको प्रारम्भिक अनुमान गरिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  प्रहरीका अनुसार शव नग्न अवस्थामा भेटिएको छ भने शरीरका विभिन्न भागमा खुकुरीले आक्रमण गरेको देखिन्छ ।

    शिवशंकर बिहीबार आफ्नो श्रीमती र १० महिने छोरासहित ससुराली बर्दिबासका लागि निस्केका थिए ।  तर शुक्रबार प्रहरीले उनलाई मृत अवस्थामा भेटेपछि परिवारलाई खबर गरिएको थियो । 

    केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । पछि श्रीमतीले उनलाई ससुराली जान बाध्य बनाएकी थिइन् । 

    मृतकका भाइ राम महतोले प्रहरीलाई छानबिन गरेर दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images