images
images
  • १६ जना प्रहरी सम्पर्कविहीन, एक साताभित्र सम्पर्कमा आउन आग्रह 

    दुईजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । 

    दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन बनेका उनीहरूलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । 

    प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १६ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको कारण उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । 

    गैरहाजिर हुनेमा दुईजना सहायक हबलदार, १२ जना प्रहरी जवान र दुईजना कार्यालय सहयोगी छन् । 
    p

    प्रतिक्रिया दिनुहोस्
    images
    images