images
images
  • अमृत साइन्स क्याम्पसमा विद्युतीय भोटिङ मेसिनबाट मतदान 

    काठमाडौँको अमृत साइन्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतदान जारी छ ।  मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो । 

    अमृत साइन्स क्याम्पसमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । परिणाम आजै साँझ आउने बताइएको छ।

    चुनावमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा र अन्य विद्यार्थी संगठनका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । प्रमुख उम्मेदवारहरूमा नेविसंघका राजुल लामिछाने, अनेरास्ववियुका रूद्रहरि पोखरेल, अखिल (क्रान्तिकारी)का विश्राम शर्मा पौडेल छन् ।

    अमृत साइन्स क्याम्पसमा १९६८ मतदाता रहेका छन् । अघिल्लो चुनावमा अखिल क्रान्तिकारीका प्रेम जैशी अध्यक्ष बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images