images
images
  • सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ

    सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन्।

    औरही गाउँपालिकाका ५ का दीपक मल्लिकको घर भत्काएको आरोपमा शुक्रबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो।

    यस्तै पूर्ववडाध्यक्ष दिलिप यादवलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितले बताए। दुवै वैजनालाई जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरीले सोधपुछ थालेको छ।

    शुक्रबार बिहान यही घटनाका कारण सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छ। कपिलवस्तुमा कार्यरत विश्वप्रकाश अर्याललाई सिराहा खटाइएको छ।

    गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन समेत दिइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images