images
images
  • राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताए । उनले सरकारले व्यवसायसम्बन्धी नीतिहरू पनि सोहीअनुसार अघि बढाइरहेको बताए । राष्ट्रिय उत्पादनमा जोड दिँदै उनले देशका लागि आवश्यक उपभोग्य वस्तुहरू आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘उद्यम, व्यवसाय, उद्योगको व्यवसायको स्थिति धेरै राम्रो छैन । तर राम्रोतर्फ उन्मुख भएको छ । हामीले हाम्रा नीतिहरू पनि तदनुसारकै राम्रा नीतिहरू लिएर अघि बढेका छौँ । राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरू, उपभोग्य वस्तुहरू हामी आफैँ तयार गर्नसकौँ भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड, हाम्रो निर्याततर्फ उद्योगहरू स्थापना गरौँ, निर्यातलाई बढवा दिऔँ, त्यसमा जोड, आयात प्रतिस्थापन गरौँ ।’

    प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरू प्रयोग गर्ने बानी बसाउनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images