स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा ६० लाख धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछानेले पुनरावेदन गरेका छन्।
गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त आदेश बदर गरी मुद्दा पुर्पक्ष गर्न पाटन उच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।
लामिछानेले चितवनको सहारा सहकारीको ५४ लाख धरौटी मुद्दामा पनि पुनरावेदनको तयारी गरेका छन् । कास्की र रुपन्देही जिल्लामा पनि धरौटी आदेशविरुद्ध पुनरावेदन दर्ता गरिसकेका छन् ।
पर्साको सानो पाइला सहकारी बचत अपचलनको मुद्दामा लामिछानेविरुद्ध अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस्























