images
images
  • प्रहरीका कार्की र बस्नेत एसपीमा बढुवा

    प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेत प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

    गृह सचिवस्तरबाट उनीहरूलाई एसपीमा बढुवा गर्ने निर्णय भएको हो । एक साताअघि नै रिक्त दुई एसपी पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको थियो ।

    बढुवा भएका दुवै जनालाई आज प्रहरी महानिरीक्षक दीपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images