images
images
  • नेपालले आज ३६ वर्षपछि सिंगापुरसँग खेल्दै

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल साँझ नेपाली समयअनुसार ६ः१५ बजे सिंगापुर नेसनल स्टेडियममा हुनेछ।

    नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। नेपालका लागि सिंगापुर पुरानो प्रतिद्वन्द्वीमध्ये एक हो। तर नेपालले सिंगापुरविरुद्ध नखेलेको पनि ३६ वर्ष भइसकेको छ। यिनै दुई टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

    एसिया कप छनोटको तयारीमा रहेका दुवै टिमले यो खेल खेल्न लागेका हुन्। नयाँ प्रशिक्षक रसको नेतृत्वमा टिमले खेल्न लागेको पहिलो खेल पनि हो। सिंगापुर पुगेपछि नेपालले अभ्यासको उपयुक्त अवसर भने पाएको छैन। सिंगापुरमा पानी परिरहेले अभ्यासमा बाधा पुगेको छ।

    नेपालले औपचारिक रूपमा दुईपल्ट सिंगापुरको सामना गरेकामा दुवैमा पराजित छ। विश्वकप छनोटअन्तर्गत सन् १९८९ मा नेपालले दुईपल्ट सिंगापुरको सामना गरेको थियो। त्यसमध्ये दक्षिण कोरियोको सोलमा भएको पहिलो खेलमा नेपाल ३–० ले पराजित रह्यो भने सिंगापुरमै भएको खेलमा नेपालले ७–० को बिर्सनलायक हार बेहोरेको थियो। ​

    सिंगापुरमै नेपालको अबको खेल चौथो हुनेछ। यसअघिका सबै तीनै खेलमा नेपाल पराजित छ। त्यसमा नेपाल दक्षिण कोरियाविरुद्ध ४–० ले मलेसियाविरुद्ध ३–० ले पराजित थियो । सन् १९८२ मा पनि नेपालले किंग्स कपमा पनि नेपाल सिंगापुरसँग २–० ले पराजित भएको थियो।

    एसिया कप छनोटको तेस्रो चरणमा सिंगापुर समूह ‘सी’ मा रहेको छ। टोलीको प्रतिद्वन्द्वीमा भारत, हङकङ र बंगलादेश छन् । नेपाल भने समूह ‘एफ’ मा छ। यो समूहमा रहेका अन्य टिममा भियतनाम, मलेसिया र लाओस छन्। नेपालले छनोटको आफ्नो पहिलो खेल आगामी मंगदबार मलेसियाविरुद्ध खेल्दै छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images