images
images
  • रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

    रुस र युक्रेनले सोमबार युद्धबन्दी आदानप्रदान गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन्।

    सन् २०२२ को शुरुमा युक्रेनमा रूसी आक्रमण थालेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशबीचको सहयोगको एक मात्र क्षेत्र भएको क्रेमलिनले जनाएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको वार्तापछि क्रेमलिनले आदानप्रदानको घोषणा गरेको हो।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बन्दी आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो घटनाको रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताए।

    जेलेन्स्कीले बुधवार फर्केका केही युक्रेनीहरूले दक्षिणी शहर मारिउपोलमा लडाइँ गरेको बताए, जसलाई रुसी सेनाले आक्रमणको प्रारम्भिक महिनाहरूमा क्रूर घेराबन्दीमा राखेको थियो।

    युद्धविराम वार्ताको एक भागको रूपमा रूससँग सबैका लागि आदानप्रदानको लागि आह्वान गर्ने युक्रेनी नेताले युएईलाई मध्यस्थताको लागि धन्यवाद दिए र सबै कैदीहरूलाई फिर्ता गर्ने वाचा गरे।

    ‘सबै रूसी सैनिकहरू बेलारुसमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गरिँदैछ र उनीहरूका आफन्तलाई सम्पर्क गर्ने अवसर दिइँदैछ’, रूसी रक्षा मन्त्रालयले जनाएको छ।

    फेब्रुअरी सन् २०२२ मा मस्कोले युक्रेन आक्रमण शुरु गरेदेखि दुवै पक्षले सयौँ कैदी आदानप्रदान गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images