images
images
  • पुटिन–ट्रम्प फोनवार्तालगत्तै युक्रेनका दुई अस्पतालमा रुसले गर्‍यो ड्रोन आक्रमण

    युक्रेनी अधिकारीहरूले रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोन आक्रमण गरेको बताएका छन्।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता भएको केही घण्टापछि सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए।

    त्यसपछि बुधबार बिहान पनि क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा छ वटा ड्रोन आक्रमण गरिएको युक्रेनी अधिकारीहरूको भनाइ छ। जहाँ ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए।

    आक्रमणले अस्पताल भवनमा ठूलो क्षति पुगे पनि हमलाका बेला सबै जना आश्रयस्थलमा रहेकाले सुरक्षित रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images