images
images
  • उज्यालो नेपालको नायक कुलमान होइनन्, लोडसेडिङको अन्त्य भारत र निजी क्षेत्रले गरेका हुन् : मन्त्री खड्का

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे ।

    कार्यकारी निर्देशक घिसिङ उद्योगको लाइन काटेर घरमा विद्युत् दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत् मात्र उत्पादन गरिरहेको उल्लेख गरे । उनले अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।

    उनले भने, ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ ।’

    मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफा रहको भनि गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images