images
images
  • अग्नि सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं- द्वन्द्वकालमा भएको एक हत्यासम्बन्धी रिटमा जोडेर विपक्षी बनाइएका पूर्वसभामुख एवम् माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमा फेरि सुरु भएको छ।

    यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ सकेर चारपटक निर्णय सुनाउने मिति तोके पनि फैसला हुन नसकेपछि रिटहरुमा पुनः शून्यबाट सुनुवाइ सुरु भएको हो। जसको निरन्तर सुनुवाइ आजपनि हुँदैछ।

    तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठसहित तत्कालीन वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले गत वैशाख १२ गते सापकोटासँग सम्बन्धित तीनवटा रिटको सुनुवाइ गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images