images
images
  • प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा र्‍यालीको आयोजना

    प्रभु बैंक गण्डकी प्रदेशले बागलुङको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ । “अनुसरण गर्नु अघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनि निर्णय गरौँ” भन्ने मूल नाराका साथ आयोजित  र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

    र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

    कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे । उनले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images