अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै बन्दी तत्काल रिहा गर्न प्यालेस्टाइनी समूह हमासलाई चेतावनी दिएका छन् । युद्धविरामका क्रममा हमासले केही बन्दी रिहा गरे पनि अझै नेपाली युवा विपिन जोशीसमेत केही बन्दी हमासकै कब्जामा छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्चाल ट्रुथमा एक पोस्ट लेख्दै हमासलाई अन्तिम चेतावनी दिएका हुन् । उनले बन्दी रिहा नगरे हमासको एक सदस्य पनि जीवित नरहने चेतावनी दिएका छन् । उनले हमासलाई समाप्त पार्न अमेरिकाले इजरायललाई आवश्यक सबै सहयोग दिने वचनसमेत दिएका छन् । अमेरिकाले गोेप्य रूपमा हमाससँग गर्दै आएको वार्तासमेत स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















