हेरात । अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मंगलबार बताएका छन् ।
“पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए,” प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भने । पीडितहरू पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उनले बताए ।
दक्षिणी कान्दाहारमा स्थानीय विपद् व्यवस्थापन विभागले एक विज्ञप्तिमा भारी वर्षाका कारण विभिन्न स्थानमा महिला र बालबालिका सहित आठजनाको मृत्यु भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















