images
images
  • बंगलादेशलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

    काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा भएको च्याम्पियन्स ट्रफीको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पराजित गरेको छ ।

    बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्यान्डले ५ विकेट गुमाएर पुरा गरेको हो । न्यूजिल्यान्डका लागि रचिन रविन्द्रले ११२ रन बनाए ।

    बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोनले ७७ रनको इनिङ खेले ।

    योसँगै न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगेका छन् । बंगलादेश र पाकिस्तान बाहिरिएका छन् ।

    च्याम्पियन्स ट्रफीको समुह ‘ए’ मा परेका भारत र न्युजिल्यान्डले खेलेका दुवै खेल जितेका छन् ।

    योसँगै बंगलादेश र पाकिस्तानले खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्