images
images
  • माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै

    काठमाडौं : नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ।

    माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान शुरु गर्न लागेको हो। यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ।  चैत ७ गतेसम्म चल्ने अभियान कञ्चनपुर पुगेर सकिने माओवादी केन्द्रले जनाएको छ।

    यस्तो छ माओवादीको जागरण अभियानको तालिका 

    प्रदेश नं– १
    झापा– फागुन –१२ गते
    मोरङ–  फागुन १३ गते
    सुनसरी – फागुन १५ गते

    मधेश प्रदेश
    सप्तरी – फागुन १६ गते
    सिरहा – फागुन १७ गते
    धनुषा – फागुन १८ गते
    महोत्तरी – फागुन १९ गते
    सर्लाही– फागुन २१ गते
    रौतहट– फागुन २२ गते
    बारा– फागुन २३ गते
    पर्सा– फागुन २४ गते

    बागमती प्रदेश
    चितवन– फागुन २५ गते

    गण्डकी प्रदेश
    नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

    लुम्बिनी प्रदेश
    परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
    रुपन्देही–फागुन २८ गते
    कपिलवस्तु– चैत्र २ गते
    दाङ– चैत्र ३ गते
    बाँके– चैत्र ४ गते
    बर्दिया– चैत्र ५ गते

    सुदुरपश्चिम प्रदेश
    कैलाली–चैत्र ६ गते
    कञ्चनपुर– चैत्र ७ गते

    प्रतिक्रिया दिनुहोस्
    images
    images