images
images
  • हमास-इजरायल युद्धविराममा ठूलो धक्का, ६०० प्यालेस्टिनीको रिहाइ रोकियो

    हमासले शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ।

    इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

    गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल-सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मङ्गिस्टु र ताल शोहम नामका ६ जना बन्धक छाडेको थियो।

    बदलामा इजरायलले पनि शनिबारै आफ्ना जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो।

    तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन्।

    युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ।

    नेतन्याहुले हमासले युद्धविरामसँग सम्बन्धित नियम ‘लगातार उल्लंघन’ गरेको आरोप लगाएका छन्।

    उनले भने, ‘हामासले इजरायली बन्धकहरूलाई प्रचार गर्न दुरुपयोग गरिरहेको छ।’

    बीबीसीका अनुसार इजरायल र हमासबीच भएको सम्झौतालाई तीन चरणमा कार्यान्वयन गरिने छ।

    पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरू रिहा गर्नेछ।

    यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र त्यसपछि अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images