दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ । दिल्ली विधानसभाको ७० सिटका लागि भइरहेको चुनावमा ६९९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको हो । यो मतदान साँझ ६ बजेसम्म जारी रहने बताइएको छ ।
आज मतदान भए पनि नतिजा भने ८ फेब्रुअरीमा घोषणा हुनेछ । चुनावमा १.५६ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् । चुनावलाई लक्षित गरी दिल्ली र हरियाणामा सर्वजनिक बिदा दिइएको छ ।
सन् २०१५ र २०२० मा दिल्ली विधानसभामा आम आदमी पार्टीले बहुमत हासिल गरेको थियो । २०१५ मा ७० मध्ये ६७ सिट जितेको आम आदमीले २०२० मा ६२ सिटमा जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















