images
images
  • ‘ठूलो क्षति बेहोरेपछि’ रुसी युद्ध मैदानबाट पछि हट्यो उत्तर कोरियाली सेना

    युक्रेनसँगको युद्धमा रुसलाई सघाउन गएको उत्तर कोरियाली सैन्य टुकडीलाई अग्रमोर्चाबाट फिर्ता गरिएको बताइएको छ। भारी क्षति बेहोरेपछि उनीहरूलाई पछि सारिएको समाचारहरूमा जनाइएको छ।

    उत्तर कोरियाले रुसलाई सघाउन १० हजारभन्दा बढी सैनिक पठाएको थियो। तिनलाई रुसले कुर्स्क क्षेत्रमा तैनाथ गरेको थियो। सो रुसी क्षेत्रमा युक्रेनी सैनिकहरूले कब्जा जमाएका छन्।

    उत्तर कोरियाली सैनिकहरूले ठूलो क्षति बेहोरेको दाबी युक्रेनले गर्दै आएको थियो। कयौँलाई आफूहरूले पक्रेको पनि युक्रेनले बताएको थियो।

    अहिले कयौँ सातादेखि कुर्स्कको लडाइँको मोर्चामा उत्तर कोरियाली सैनिकहरू नदेखिएको दक्षिण कोरियाको गुप्तचर निकायमको भनाइ छ।

    त्यसको एक कारण ठूलो क्षति हुनसक्ने तथा अन्य कारणको मूल्यांकन भइरहेको दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसको भनाइ छ।

    दक्षिण कोरियाका अनुसार करिब ३ सय उत्तर कोरियाली सैनिक मारिएका छन् भन् २७ सयभन्दा बढी घाइते भएका छन्।

    उत्तरी कोरियाली सैनिक खटाइएको विषयमा उत्तर कोरिया वा रुसले भने कहिल्यै केही बताएका छैनन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images