images
images
  • एकैपल्ट १६ डीआईजीको सरुवा, कसलाई कहाँ खटाइयो ?

    काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरूवा गरेको छ । सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डीआईजी धिरजप्रताप सिंह सरूवा भएका छन् ।

    ब्युरोमा कार्यरत् सहकुलबहादुर थापा प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय पुगेका छन् । प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको छ ।

    उमेश रञ्जितकार २ नम्बर प्रदेशमा सरूवा भएका छन् । यस्तै, गण्डकी प्रदेशमा डीआईजी दिवेश लोहनी पुगेका छन् । प्रकाशजंग कार्की बागमती प्रदेश, मुकुन्दराज आचार्य लुम्बिनी प्रदेश, गणेशबहादुर ऐर कर्णाली प्रदेश र रविन्द्रकुमार धानुकको विशेष ब्युरो सरुवा भएका छन् ।

    वसन्तकुमार पन्त अख्तियार, प्रदेश १ का ईश्वरबाबाबु कार्की प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदी महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरूवा भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images