images
images
  • अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

    गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ।

    अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले उक्त आदेशमा यो रोक अस्थायी रूपमा लगाएका हुन्।

    अदालतमा अमेरिकाका चार राज्यले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए।

    जब अमेरिकी कानुन विभागका वकिलले ट्रम्पको आदेशको पक्षमा बहस गरे, न्यायाधीशले सोधे, “के यो संवैधानिक हो?”

    डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कुन परिस्थितिमा अमेरिकी नागरिकता प्रदान गरिने छैन भनेर उल्लेख गरिएको छ।

    -अमेरिकामा जन्मेको बच्चाकी आमा गैरकानुनी रूपमा बसिरहेकी छन् भने

    -बच्चा जन्मेको समयमा बुबा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा होइनन् भने

    -बच्चा जन्मेको समयमा आमा अमेरिकाको वैध तर अस्थायी बासिन्दा हुन् भने

    ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images