images
images
  • एनआइसी एसिया बैंकको नाफा ९२.०३ प्रतिशतले घट्यो

    काठमाडौं। एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

    बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९२.०३ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।

    यस अवधिमा खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ५४ करोड थियो । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ । बैंकले गर्दा नाफामा गिरावट देखिएको हो ।

    समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । यस बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ जम्मा रहेको छ ।

    यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images