images
images
  • संकटलाई लुकाउन मर्जरको रणनीतिमा पोखरा फाइनान्स

    पोखरा । पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ। संकटको सामना गरिरहेको यस फाइनान्सले आफ्ना ग्राहकलाई थप स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र सेयरधनीलाई उच्च प्रतिफल दिने दाबीका साथ मुलुकको अग्रणी वाणिज्य बैंकसँग मर्जको तयारी गरेको हो।

    राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षणमा फायनाइन्सको वित्तीय अवस्था खराब भएको पाइएको थियो ।
    राष्ट्र बैंक स्रोतका अनुसार फाइनान्समा कम धितोमा धेरै ऋण प्रवाह भएको, करोडौं ऋण उठ्न बाँकी रहेको र ठूलो ऋण नउठ्ने जोखिम रहेको पाइएको छ । समग्रमा फाइनान्सको वित्तीय अवस्था झनझन् खस्किँदै गएपछि कम्पनीलाई राष्ट्र बैंकले सुधारात्मक कारवाही गर्ने तयारी थालेको पनि छ ।

    फाइनान्सका एक उच्च अधिकारीका अनुसार, संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाइसकेको छ। तर कुन बैंकसँग मर्जमा जाने भन्ने विषय खुलाइएको छैन।

    २०५३ सालदेखि सञ्चालनमा रहेको पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रमा स्थापित तथा पुरानो वित्तीय संस्थाका रूपमा परिचित छ। हाल यस संस्थाले कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँकेसहित २५ शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    संस्थाको हालको चुक्तापूँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्ब, र कर्जा ८ अर्बभन्दा माथि रहेको जानकारी छ। मर्जपछि यसले ग्राहकलाई थप सुविधा र सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।

    पछिल्लो ९ महिनामा मात्रै फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले बढेको देखिन्छ । जुन तथ्य स्वयम् फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरण उल्लेख छ । यसो त कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ९० लाख रुपैयाँ घाटामा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images