काठमाडौं-पाँच महिनाको बैंक वित्तीय संस्थाहरुको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले यस अवधिमा वणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड खुद नाफा गर्न सफल भएको जनाएको छ।
कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले करिब ३ अर्ब ५० करोड खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै दोस्रोमा रहेलो ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ।
यस बाहेक कुमारी बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, एनएमबिले १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा गरेका हुन्। त्यसैगरी नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छ्न्।
सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ, र सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छ्न्। यस्तै माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छ्न्।
यस अवधिमा कृषि बिकास बैंक भने नोक्सानी गएको राष्ट्र बैंकको ५ महिनाको पारम्भिक तथ्यांकले देखाएको छ। केही दिनभित्रमा बैंकहरुले प्राकाशन गर्ने वित्तीय विवरणले थप प्रस्टता दिनेछ।
नबिल अगाडि, एनआईसी एशिया कमजोर
५ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल देखिएको छ । नबिलले यस अवधिमा साढे ३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया हो ।बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई दोस्रो, नेपाल इन्भेस्टमेन्ट मेगा तेस्रो र कुमारी बैंक चौथो स्थानमा छन् ।
यसैगरी विकास बैंकतर्फ सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ भने गरिमा दोस्रो र शाइन रेसुंगा तेस्रो स्थानमा छन् । उनीहरुले क्रमशः ५९ करोड, ५२ करोड र ४८ करोड रुपैयाँ नाफा गरेका छन् ।























