बुटवल- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सञ्चालक समिति सदस्यमा डा. हिमाल भट्टराई नियुक्त भएका छन् ।
बैंकको पुस १९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले उनलाई ४ वर्षको लागि सञ्चालक चयन गरेको हो ।
आफ्नो ४ वर्षे कार्यकालमा डा.भट्टराईले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई संस्थागत सुशाासनमा नेपालकै उदाहरणीय बैंक बनाउने योजना रहेको बताए । ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशाासन कमजोर हुँदै गएको छ’ उनले भने, ‘शाइन रेसुंगाको संस्थागत सुशाासनलाई अझै मजबुत बनाएर नेपालकै उदाहरणीय बैंक बनाउने योजना छ ।’
डा. भट्टराईले संस्थागत शुसासनको क्षेत्रमा उच्च शिक्षा (विद्यावारिधि) हासिल गरेका छन् । उनले नेपाल र भारतका बैंकहरुको संस्थागत सुशासनले बैंकको वित्तिय क्षमतामा पार्ने प्रभावको तुलनात्मक अध्ययन गरी विद्यावारिधि हासिल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















