images
images
  • आज कुन विदेशी मुद्राको विनियमदर कति?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा काराबोर भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको किनबेच सोही मूल्यमा हुनेछ।

    हिजो अमेरिकी डलरले नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। अमेरिकी डलर आज पनि सोही मूल्यमा कारोबार हुनेछ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा छ।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा छ।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २१ र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा छ।

    Screenshot 2025 01 05 045124 lEIdIXFqaK

    प्रतिक्रिया दिनुहोस्
    images
    images