images
images
  • अमेरिकी डलर आज थप महँगियो

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका विदेशी मुद्रा भने सस्तिएका छन्। हिजो सस्तिएका धेरैजसो विदेश मुद्रा आज थप सस्तिएका हुन्।

    आज बहराइन दिनारको मुद्रा भने केही बढेको छ। बहराइन दिनारको मूल्य हिजो पनि बढेको थियो।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा छ।

    अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। बुधबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज थप महँगो बनेको हो। विगत केही महिनायता अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ २९ पैसा थियो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा थियो।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १८ पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ६२ र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९० र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा छ। हिजो आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा थियो।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा थियो।

    Screenshot 2025 01 02 044926 85CGypdvo6

    प्रतिक्रिया दिनुहोस्
    images
    images