images
images
  • सामाजिक सुरक्षा कोषमा निर्देशकदेखि कम्युटर अपरेटसम्मका लागि खुल्यो जागिर

    काठमाडौँ । सामाजिक सुरक्षा कोषले कर्मचारी माग गरेको छ । आज शुक्रबार एक सूचनामार्फत कोषले २९ जना कर्मचारी माग गरेको हो । कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

    कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट गर्ने जनाएको छ। बाँकीका लागि लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ।

    कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल लगायत विभिन्न पदमा कर्मचारी मागेको हो।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्ने बताइएको छ ।

    यस्तो छ सूचना 

    add scaled

    प्रतिक्रिया दिनुहोस्