images
images
  • मातृभूमि लघुवित्तका अध्यक्ष र सीइओका दाजुभाईले कर्जा लिँदा कमिसन लिएको आरोप

    काठमाडौं-मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मी प्रसाद शर्माले बैंकबाट कर्जा दिँदा घुस खाएको खुलेको छ ।

    अध्यक्ष लोकराज शर्मा र सीइओ लक्ष्मी प्रसाद शर्माले घुस लिएको खुलेको हो । उनीहरुविरुद्ध केन्द्रीय बैंकमा उजुरी परेको छ । उनीहरूले बैंकबाट कर्जा लिँदा कमिसन खाएको तथा पदीय जिम्मेवारीको दुरुपयोग गरेको भन्दै केन्द्रीय बैंकमा उजुरी परेको हो । शर्माद्वयले गत असोज मसान्तमा एनआईसी एसिया बैंकबाट ९.०६ प्रतिशत ब्याजदरमा एक अर्ब कर्जा लिएको र तुरुन्तै १४ दिन भित्रमा उक्त कर्जा मध्ये पचास करोड सावा र ब्याज तथा सेवा शुल्क गरी लगभग १७ लाख फिर्ता गरेको कारण प्रस्ट नभएकाले आवश्यक कारबाहीको माग गर्दै केन्द्रीय बैंकमा उजुरी परेको हो ।

    ‘संस्थालाई भार बोकाउने कार्य संचालक समितिका अध्यक्षको मौखिक निर्देशनमा भएको हुँदा सो रकम संस्थालाई जाेडेर निज अध्यक्ष लोकराज शर्मा र कार्यकारी प्रमुख लक्ष्मी प्रसाद शर्मा (शर्मा दाजुभाई)बाट असुली गराई दुबै जनालाई नियमानुसार कारबाही हुनुपर्ने ‘उजुरीमा उल्लेख छ । त्यसैगरी २०८१ असोज महिनामा रूपन्देहीमा शाखा प्रबन्धक समीक्षा कार्यक्रम गराई मेटलाइफ बीमा संस्थालाई प्रायोजक बनाएको भएपनि सम्पूर्ण भुक्तानी संस्थाबाट गराएको आरोप उजुरीकर्ताको छ । उक्त कार्यक्रमको खर्च करिब ४० लाख मेट लाइफलाई भुक्तानी गराएको भएपनि सोही बिलका आधारमा संस्थाबाट पनि भुक्तानी गरेको हुनाले त्यसको समेत छानबिनको माग उजुरीकर्ताको छ।

    विगतमा जागिर छोडेका तथा निलम्बित भएका कर्मचारीहरूबाट असुलउपर गर्नुपर्ने लगभग पाँच करोड बराबरको रकम व्यवस्था गरी रकम असुल उपर गर्न कडाइ नगरेको आरोपसमेत उजुरीमा उल्लेख छ ।
    प्रमुख कार्यकारी अधिकृत र संस्थाबिच भएको करार नियुक्ति सम्झौता विपरीत संस्थामा नियुक्ति लिएको १ महिना भित्र दशैं भत्ता बापत एक महिना बराबरको सुविधा लिएको हुनाले उक्त रकम संस्थालाई फिर्ता गर्नुपर्ने समेत उजुरीकर्ताको माग छ ।

    किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरभै सकेपछि बनेको तदर्थ समितिका संचालक सदस्य खडानन्द सापकोटाले प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विषयमा फरक मत राखेकै कारणले १४४ औं बैठकबाट संचालकबाट निर्णय विनानै हटाएको आरोप समेत अध्यक्ष शर्मालाई लागेको छ । कम्पनी सचिव सजन खड्का र अध्यक्ष लोकराज शर्माको मिलेमतोबाट निर्णय गरेको भनी स्पष्टिकरण लेखी सापकोटालाइ पदमुक्त गराएको उजुरीमा उल्लेख छ ।

    matri ujuri

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images