काठमाडौं – काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
काठमाडौंमा धेरै समयपछि भूकम्पको धक्का महसुस हुँदा केही मानिसहरु घरबाहिर निस्किएका थिए । उपत्यकावासीले अहिले पनि २०७२ को गोरखा भूकम्पको त्रासदी विर्सिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























