images
images
  • नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

    नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो कम नहुने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

    आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लिन लागिएको खनालको सचिवालयले जनाएको छ । यसअघि माघ ३० गते उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images