काठमाडौं । काठमाडौं महानगरले १०८ जना करार कर्मचारी माग गरेको छ ।
महानगरले बुधवार एक सूचना जारी गर्दै मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो ।
महागनरले लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको जनाएको छ ।
महानगरले आठौं तहको मेडिकल अधिकृत ४ जना, पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।
त्यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगीसमेत माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्