images
images
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

    बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

    कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images