images
images
  • आगामी आवको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत

    काठमाडौं- नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

    उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images