images
images
  • भङ्गहा-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालन

    जलेश्वर (महोत्तरी) । भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो ।

    नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेल सेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनामा  रेल्वे सेवा पुनः साबिकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images