images
images
  • मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण

    मुक्तिनाथ विकास बैंक लि.ले विद्याथीहरुलाई विद्यालय पोसाक प्रदान गरेको छ ।

    नवलपुरको वुलिङटार स्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई बैकले स्कूल पोसाक प्रदान गरेको हो ।

    पोसाक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारी, विद्याथीहरुको उपस्थिति रहेको थियो। बैंकको यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास लिइएको छ ।

    मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तगत कामहरु गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images