images
images
  • नेप्से परिसूचक ९.५४अङ्कले घट्यो

    काठमाडौं– बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.५४ अंकले घटेको छ । साताको तीन दिन निरन्तर सकारात्मक भएको पुँजी बजार बुधबार भने ओरालो लागेको हो ।

    आज भएको २४५ वटा कम्पनीको कारोबारमा १७१ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६६ वटा बढ्यो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

    आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर कारोबार भएको थियो । जसमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images