images
images
  • राष्ट्र बैंकले ६ बैंकलाई गर्‍यो कारबाही

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लङ्घन गर्दा चार वाणिज्य बैंकलाई कारबाही गरेको हो ।

    यस्तै शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेकोमा दुई विकास बैंकलाई पनि विभागले कारबाही गरेको छ । नियामकीय व्यवस्था उल्लङ्घन गर्ने लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको हो ।

    राष्ट्र बैंकले लक्ष्मी सनराइज (साबिकको लक्ष्मी बैंक) को संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ । बैंकको १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख आफ्नो खातामा ट्रान्सफर गरी/गराइ उपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

    उक्त कर्जाको ब्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गरी/गराई भुक्तानी भएकाले राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनमा भएको व्यवस्था उल्लङ्घन भएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम राजेन्द्रकुमार खेतानलाई १० लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक) बाट प्रवाह भएको कर्जा बैंकका सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगयता अनुगमन नगरेकाले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई समेत सोही दफाअनुसार सचेत गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images