images
images
  • नेपालबाट सुरु भयो भारतको चर्चित फर्च्यून होटेल्स्को अन्तर्राष्ट्रिय यात्रा

    भक्तपुर । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटेलका सञ्चालकहरूले यस क्षेत्रको अग्रणी होटेल ब्राण्डको रूपमा भारतीय होटेल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास जनाएका छन् ।

    उद्घाटन समारोहमा फर्च्यून होटेल्स्का प्रबन्ध निर्देशक समीर एमसीले ०८१/८२ को सुरुवातमै फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

    शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास सञ्चालकको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images