लुम्बिनीमा विपक्षीको अनुपस्थितीले सत्तापक्षसँग बहुमत रहेको कुरा दर्ज भयो : मुख्यमन्त्री पोखरेल

लुम्बिनीमा विपक्षीको अनुपस्थितीले सत्तापक्षसँग बहुमत रहेको कुरा दर्ज भयो : मुख्यमन्त्री पोखरेल

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ २८ गते शुक्रबार ०८:१९

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विपक्षी दलको अनुपस्थितीले सत्तापक्षको बहुमत रहेको पुष्टि भएको जिकिर गरेका छन् । आजको प्रदेशसभा बैठकमा उनले...


काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विपक्षी दलको अनुपस्थितीले सत्तापक्षको बहुमत रहेको पुष्टि भएको जिकिर गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा उनले सत्तापक्षसँग बहुमत नभएको भन्ने प्रश्नको अन्त्य भएको पनि बताए ।

“सत्तापक्षसँग बहुमत रहेको कुरा औपचारिक रुपमा दर्ज भयो भन्ने मलाई लाग्छ । बहुमत र अल्पमतको विवाद त्यही दिनबाट अन्त्य भएको छ । एक हिसाबाले भन्दा सत्ता पक्षलाई त्यो अवसर जुटाइदिनु भएकोमा प्रतिपक्षीका साथीहरुलाई धन्यवाद दिन चाहन्छु”, उनले भने ।

लुम्बिनी प्रदेशमा जेठ २५ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । उनले जनता समाजवादी पार्टीसँग सरकारलाई अप्ठ्यारो रहेको बेला सरकारको पक्षमा उभिने विश्वास दिलाएको जानकारी पनि गराए ।

जसपा दुई समूहमा विभाजित हुँदा अदालतमा प्रवेश गर्दा राजनीतिक सत्तामा प्रभाव पार्न दिन नहुने मान्यताका आधारमा संविधान अनुसार सरकार गठन गरेको पनि बताए ।

प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०८:१९
प्रतिक्रिया दिनुहोस
  • malaxmi

  • machha

  • prabhu bank

  • mdbank

  • ninm