images
images
  • बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुनको कति ?

    काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

    पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९१०५ थियो भने अब माघका लागि ८.१६७ प्रतिशत निर्धारण भएको छ । त्यस्तै, संस्थागततर्फ पुसमा ६.८८८०५ प्रतिशत रहेकोमा अब घटेर ६.१२३५ कायम भएको छ ।

    व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटाको ब्याजदर यथावत छ । संस्थागततर्फ पनि उही अवस्था छ ।

    नेपाल एसबीआई बैंकले पुसको तुलनामा १.३५ प्रतिशत ब्याजदर घटाएको छ । एसबीआईको ब्याजदर पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत थियो । तर अब माघमा घटेर ८.६ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागततर्फ पुसमा ७.६ प्रतिशत रहेकोमा माघमा घटेर ६.२५ प्रतिशत मात्रै कायम भएको छ ।

    पुसको तुलनामा प्राइम कमर्सियल बैंकले १.९ प्रतिशत ब्याजदर घटाएको छ । त्यस्तै, कृषि विकास बैंकले १.२५, लक्ष्मी सनराइजले १, माच्छापुच्छ्रेले १.६, सिद्धार्थले १.१५ र कुमारी बैंकले १.२ प्रतिशत ब्याजदर घटाएका छन् ।

    माघ महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

    एभरेष्ट बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत र एनआइसी एसियाले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर कायम राखेका छन् ।

    त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत तर्फ ८.०७ र संस्थागतर्फ ६.०७ प्रतिशत, स्ट्याण्डडर्ड चाटर्ड बैंकले व्यक्तिगत ८.०७ र संस्थागततर्फ ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् ।

    त्यस्तै, प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले समान व्यक्तिगततर्फ ८.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images