काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















